वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

 रतनपुरमा एक विगहामा लगाईएको अवैध गाँजा खेती नष्ट

रञ्जन यादब/
बाराको रतनपुरीमा करिब एक विगहामा अवैध रुपमा लगाईएको गाँजा खेति बारा प्रहरीले नष्ट गरेको छ ।
जिल्लाको निजगढ नगरपालिकाको वडा नम्बर १२ रतनपुर स्थित नाङगेडाँडाको ऐलानी जगामा लगाईएको गाँजा खेति शुक्रवार फडानी गरी नष्ट गरिएको हो ।

गाँजा फडानी अभियान अन्तर्गत प्रहरीले एक बिगहा क्षेत्रफलमा लगाईएको गाँजा खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन ।

ईलाका प्रहरी कार्यालय निजगढ र अस्थाई प्रहरी पोष्ट रतनपुरबाट खटिएकोको संयुक्त प्रहरी टोलीले गरी उक्त गाँजा खेति नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
सम्बन्धित समाचार
error: Content is protected !!