रञ्जन यादब/
देशमा बलात्कार तथा एसिड आक्रमणको घटना बढेको भन्दै सरकारलाई दबाब दिन बाराको सिमरामा शनिवार बिरोध प्रदर्शन गरिएको छ ।
देशमा अत्यधिक रूपमा बढ्दै गईरहेको श्रृख्लाबद्ध बलात्कार र एसिड आक्रमण जस्तो जघन्य अपराधका घटनामा संलग्नलाई कडा भन्दा कडा कानुन बनाएर राज्यले नारीको सुरक्षा गरोस् भन्ने दबाब दिने उद्देश्यले बारा सहित देशभर शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सिमरा मुख्य चौकमा युवायुवतीहरूले बलात्कार तथा एसिड आक्रमणको घटनामा संलग्नहरूलाई कडा कानुनी कारवाहीको माग गर्दै पर्चा, पप्लेट बोकेर सडकमा निस्किएका थिए ।
प्रदर्शनमा दिनदिनै नारी हिँसा अनि बलात्कार, मौन छन् ठुलाबडा अनि सरकार , भो भो धेरै भो,मौन बसेको सरकार किन बढ्दै छ बलात्कार, छोटो लुगाले होइन छोटो सोचले हुन्छ बलात्कार, बत्कारीलाई फाँसी दे जस्ता नारा लेखिएको प्ले कार्ड सहित् विद्यार्थी, ब्यवसायीहरू, महिला अधिकार तथा मानव अधिकारकर्मीहरुले मुख्य राजमार्गको छेउँमा नारा लगाएका थिए ।