वेबसाईट बनाउँन सोच्दै हुनुहुन्छ ? कल गर्नुहोस : +977-9861436955

तामागढी साकोसको १२औँ साधारणसभा शनिवार कोल्हवीमा सम्पन्न

कोल्हवी, ११ पुस

तामागढी बचत तथा ऋण सहकारी संस्थाको १२औँ साधारणसभा शनिवार बाराको कोल्हवीमा सम्पन्न भएको

साधारणसभाको समाजसेवी तथा प्रधानमन्त्री जनसम्र्पक सचिवालयका पुर्व सल्लाहकार अच्युत मैनालीले पानसमा दिपज्वलन गरेर उद्घाटन गरेका थिए

सहकारी संस्थाका अध्यक्ष श्यामप्रसाद खनालको अध्यक्षतामा आयोजित उद्घाटन समारोहमा संस्थापक अध्यक्ष तथा पोखरा उच्च अदालतका न्यायधिश डालकुमार खड्का, कोल्हवी नगरपालिकाका मेयर भरतबहादुर भण्डारी, वचत तथा ऋण सहकारी जिल्ला संघका अध्यक्ष सतेन्द्र ठाकुर, करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामी, लेखा समिति संयोजक गोविन्द पौडेल, सेवा केन्द्र संयोजक नारायण पौडेल कोल्हवी वडा नम्बर का वडाअध्यक्ष वीरन्द्र प्रसाद चौधरी, वडा नम्बर का वीरेन्द्र चौधरी, करैयामाई गाउँपालिका वडा नम्बर का वडाअध्यक्ष सोनालाल साह लगायतकाले शुभकामना मन्तव्य राखेका थिए

साधारणसभामा संस्थाका मुख्य प्रबन्धक वासुदेव रिमालले आर्थिक बर्ष २०७६÷०७७ को आर्थिक प्रगति प्रतिवेदेन प्रस्तुग गरेका थिए   सहकारीले हाल तीन हजार एक सय ३० जना शेयर सदस्यहरुवीच कारोवार गरिरहेको प्रबन्धक रिमालले बताए संस्थाको शेयर पुँजी एक करोड ९९ लाख ४६ हजार आठ सय रहेको आब २०७६÷०७७ मा खुद मुनाफा रु ५५ लाख ३१ हजार सय ४५ रुपैया रहेको प्रबन्धक रिमालले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख  

साधारणसभा कोल्हवी नगरपालिका वडा नम्बर स्थित तामागढी ईभेन्ट भेन्युमा आयोजना गरिएको हो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया
error: Content is protected !!