वीरगञ्जबाट दुई जना चिनिया नागरिक पक्राउ,पक्राउ परेकाहरु ह्याकर हुनसक्ने प्रहरीको आशंका

साझेदारी दैनिक
378 पाठक संख्या

पर्साको वीरगञ्जबाट प्रहरीले दुई जनालाई विदेशी नागरिकलाई पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १५ लक्ष्मणवास्थित मठ नजिक रहेको एक घरमा प्रहरीले (चिनिया) विदेशी नागरिकहरुलाई शनिवार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले छापामारी गरि उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरी उपरीक्षक (एसपी) कुमोद ढुङ्गेल बताएका छन । प्रहरी उपरिक्षक ढुङ्गेलकै नेतृत्वमा नेतृत्वमा गएको प्रहरीले टोलीले छापामारी उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरुसंगै ठूलो मात्रामा कम्प्युटर लगायतका इलेक्ट्रोनिक सामग्री समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पक्राउ परेका चिनिया नागरिकहरुले स्थानीय नन्दु पटेलको घर भाडामा घर लिएर अवैध रूपमा अन्तर्राष्ट्रिय कल–एसएमएस बाइपास गर्नुका साथै अन्य साइबर अपराध सम्बन्धी गतिविधि गर्दै आएको प्रहरी उपरिक्षक ढुङ्गेलले जानकारी दिए ।

उनीहरुको गिरोह नै रहेको हुन सक्ने भएकाले थप व्यक्तिको पनि खोजी भइरहेको उपरिक्षक ढुङ्गेलले जनाए ।

प्रहरीले केही महिना अघिदेखि नै वीरगञ्जमा बसेर चिनियाँ नागरिकहरूले कल बाइपास गरि नेटवर्किङ गर्दै आएको प्रहरीको आशंकामा प्रहरीले अनुसन्धान शुरु गरेको थियो ।

Leave a review

This will close in 0 seconds