कलैया : बारा निर्वाचन क्षेत्र नम्बर –३ मा राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) बाट उम्मेदवारी दिएका इन्जिनियर अरविन्द साहले आइतबार तीन वटा टोलमा घरदैलो गरेका छन्। उनले कलैया उपमहानगरपालिका –२ अवधापुर र भवानीपुर टोल र कवलपुरमा घरदैलो गरेका हुन्।
निर्वाचन क्षेत्र नम्बर –३ अन्तर्गत उक्त तीन वटै टोलमा मतदाताहरूसँग भेटघाट गर्दै घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । उम्मेदवार साहले आफ्नो राजनीतिक एजेन्डा र विकास योजनाबारे मतदातालाई जानकारी गराउदै मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गरी उनले आफ्नो पक्षमा मतदान गर्न अपील गरेका हुन् ।
उक्त घरदैलो कार्यक्रममा रास्वपा नेता डाक्टर सुशील साह, कार्यकर्ता र युवाहरूको सहभागिता रहेको थियो। त्यसैगरी सोमवार कलैया उपमहानगरपालिका –१८ भर्वलिया,मनगढवा र मोतिसर टोलमा घरदैलो कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

