प्रदेश ट्राफिक प्रहरी कार्यालयका एसपी बस्नेतद्वारा जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको निरीक्षण

संदिप प्रसाद यादव
187 पाठक संख्या

पथलैया : जिल्ला ट्राफिक प्रहरी कार्यालय सम्भुनाथ सप्तरीमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखले सोमबार निरीक्षण गर्नुभएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बाराका प्रमुख, प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले सोमबार जिल्ला ट्राफिक प्रहरी कार्यालय सप्तरीको निरीक्षण गर्नुभएको छ।

सो अवसरमा प्रहरी उपरीक्षक बस्नेतले कार्यालयमा कार्यरत ट्राफिक प्रहरी कर्मचारीहरूको व्यक्तिगत टर्नआउट, कार्यालय भवन, मेश, ब्यारेक लगायतका संरचनाको अवस्था अवलोकन गर्नुभएको हो ।

निरीक्षणका क्रममा उपरिक्षक बस्नेतले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी रूपमा अघि बढाउन कर्मचारीहरूलाई आग्रह गर्नुभयो। उहाले मातहतका प्रहरी अधिकारी, जवानहरुलाई संगठनले अंगीकार गरेका मूल्य–मान्यता सदैव पालना गरेर काम गर्न निर्देशन दिनुभएको दिनुभयो ।

Leave a review