कलैया : बारा प्रहरीले प्रतिबन्धित लागू औषध ट्रामाडोल क्याप्सुल सहित एक जना भारतीय नागरिकलाई मंगलबार नियन्त्रणमा लिएको छ ।
प्रहरीले देश भारत, पुर्वी चम्पारण, बिहार राज्य, थाना जितना, ग्राम पञ्चायत अगर्वा वडा नं. ०६ कोडीगावा टोल बस्ने अन्दाजी ५० वर्षीय मन्जन साह भन्ने उपेन्द्र साह नियन्त्रणमा लिएको हो ।
विशेष सूचनाको आधारमा मंगलबार उनलाई बाराको सिम्रौनगढ नगरपालिका वडा नं.६ पावरहाउस चौक देखि पुर्व पट्टि ५०० मिटर बम नहरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ ।
विआर ०५ विके ७०३५ नम्बरको भारतीय प्लेट भएको होण्डा ब कम्पनीको एसपी साइन कम्पनीको भारती मोटरसाईकल चढी आएको साहले लेगार्डमा बोरामा बाँधी ल्याई रहेको समान देखि शंकास्पद लागी रोकी चेक जाँच गर्दा उक्त लेगार्डमा बाँधीएको बोरा खोली हर्दा प्रतिबन्धित लागू औषध फेला परेको हो ।
प्रहरीले उनको साथबाट ट्रामाडोल नाम लेखिएको क्याप्सुल १०३८ पिस जसको जम्मा १०३८०पिस बरामद गरेको जनाईएको छ । प्रहरी निरीक्षक खेम प्रसाद नेपालको कमाण्डमा र लागु औषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंज पर्साबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बरामद लागुऔष र पक्राउ परेका साह उपर थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवंम् प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।

