रास्वपाका वरिष्ठ नेता चुनावी प्रचार अभियान बुधबार बारामा

साझेदारी डेलि
25 पाठक संख्या
Screenshot

कलैया : प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह चुनावी प्रचार अभियानको प्रचार प्रसारका क्रममा बुधबार बारा आएका छन । आउदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन मधेस प्रदेशमा झरेका साहले बुधबार बाराको निजगढ, सदरमुकाम कलैया,परवानीपुर, जीतपुरहुदै सिमरासम्म रोड शो मार्फत आफ्ना शुभेच्छुक तथा सर्मथकहरुलाई भेटघाट गरेका हुन ।

सप्तरीबाट मङ्गलवारदेखी रोड सो मार्फत चुनावी प्रचार अभियान सुरु गरेका बालेन बुधवार विहान निजगढ आए र पुन रौतहटको चपुर गरुडा हुदै बाराको वरियारपुबाट कलैया आएका थिए । उनी कलैया हुदै वीरगञ्ज पुगेर बाराको परवानीपुर, जीतपुर हुदै सिमरासम्म आएका थिए ।

बालेनलाई हेर्नका लागि निजगढ, कलैया, जीतपुर, सिमरामा हजारौँको सङ्ख्यामा जेनजी पुस्ताका युवाहरु तथा सर्मथकहरुको उनी आउनुअघि नै भेला भएर बनेका थिए । चोक चोकमा बालेन पुग्दा उनका समर्थक जेनजी युवाहरुले चर्को रुपमा ‘अबकी बार बालेन सरकार’ ‘जय घण्टी’ लगायतका नारा लगाउँदै भव्य स्वागत गरेका थिए ।

बालेनले हरेक स्थानमा गाडीबाटै हात हल्लाउँदै तथा घण्टी बजाउँदै आफ्ना समर्थकहरूलाई फर्काएका थिए । कलैयामा रास्वपाका वरिष्ठ नेता बालेन्द्र साहको भेटघाट, घण्टी बजाउँदै परिवर्तनको सन्देश दिनुभएको बारा–३ का रास्वपा प्रतिनिधि सभा सदस्य उम्मेदवार इन्जिनियर अरबिन्द साहले बताएका छन। कलैयामा वरिष्ठ नेता साहलाई स्वागतका लागि पार्टीका जिल्ला स्तरीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

बालेन साहलाई हेर्न बनेका सर्मथकहरुलाई सम्बोधन गर्दै रास्वपाका उम्मेदवार अरबिन्द साहले बारा–३ मा पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने र कलैया र आसपासका क्षेत्रका दीर्घकालीन समस्या समाधानका लागि संघीय संसदमा प्रभावकारी भुमिका बताएका छन । कलैयामा घण्टी बजाउने कार्यक्रमलाई रास्वपाले जागरण र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेको थियो। कार्यक्रममा सहभागी समर्थकहरूले नाराबाजी गर्दै उत्साह प्रकट गरेका थिए ।

Leave a review