नेपाली कांग्रेस बाराले भन्यो चारै क्षेत्रका उम्मेदवारलाई अत्याधिक मतसहित विजयी बनाऔं

संदिप प्रसाद यादव
349 पाठक संख्या

कलैया । नेपाली कांग्रेस बाराले बारा जिल्लाको चारवटै क्षेत्रका उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी बनाउन भनेको छ।

कांग्रेस बाराको जिल्ला निर्वाचन प्रचार प्रसार समिति बाराका संयोजक अमिरी लाल पालको सभापतित्वमा नेपाली काँग्रेस जिल्ला कार्य समितिका सभापति राजेश राय यादवको प्रमुख आतिथ्यतामा बसेको बैठकले यस्तो भनेको हो। बैठकमा जिल्ला निर्वाचन प्रचार प्रसार समितिका सदस्यहरुको उपस्थिति रहेको हो।

नेपाली काँग्रेस जिल्ला निर्वाचन प्रचार प्रसार समितिको बैठकमा संयोजक श्री अमिरी लाल पालले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

बैठकले फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा जिल्लाको चार वटै क्षेत्रमा पार्टीको उम्मेदवारलाई अत्याधिक मतका साथ विजयी गराउन र समानुपातिकको मत बढाउन जिल्ला पार्टीका साथीहरु लगाएत बाराका नागरिकहरुलाई हार्दिक अनुरोध गर्ने निर्णय सो बैठकले गरेको छ।

जिल्ला तथा यस जिल्लाका मातहतका पार्टीका भातृ तथा शुभेच्छुक सम्पूर्ण संघसंस्थाहरुलाई सक्रिय भई लाग्न लगाउने निर्णय समेत सो बैठकले गरेको छ। फाल्गुन ६ गते जनकपुरमा हुने पार्टीको विशाल जनसभा कार्यक्रमलाई सफल बनाउन प्रत्येक प्रतिनिधिसभा क्षेत्रबाट एक/एक जनालाई सहभागि गराउने निर्णय गरेको छ।

जिल्ला मातहतका पार्टी तथा भातृ एवम् शुभेच्छुक संस्था सबैलाई व्यापक (ठुलो संख्या) सहभागिका लागि सबै सक्रिय रुपमा लाग्न लगाउने निर्णय समेत बैठकले गरेको कार्यालय सचिव अम्बिका प्रसाद यादवले आज एक प्रेस विज्ञप्ति जारी गरी जनाएका हुन्।

Leave a review