बारा-३ मा काँग्रेसका मन्सुर र जसपाका यादव घरदैलोमा व्यस्त

साझेदारी डेलि
232 पाठक संख्या

कलैया : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बारा क्षेत्र नम्बर ३ मा दलहरुले आआफ्नै शैलीमा मतदाताहरु माझ मत माग्न घरघर पुगेका छन ।

बारा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका तर्पबाट उम्मेदारी दिएका फरमुल्ला मन्सुर र जनता समाजवादी पार्टीपाट उम्मेदवारी दिएका रामबाबु कुमार यादव यतिबेला मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन्।

कांग्रेसका मन्सुरले जीतपुरसिमराको वडा नम्बर १४, १५ डुमरवाना क्षेत्रमा घरदैलो गरेका छन भने जसपाका यादवले कलैया उपमहानगरपालिका–१,१३ लगायत विभिन्न टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

घरदैलोका क्रममा उनीहरुले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी जस्ता समस्याबारे छलफल गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरिरहेका छन्। उनीहरुले आ आफ्ना दलहरुले ल्यायएका घोषणापत्रहरुै आधारमा उत्कृष्ट काम गर्ने बाचा सहित आफ्नो चुनाव चिन्हमा मतदान गर्न समेत मतदाताहरुलाइ आग्रह गरेका हुन । उम्मेदवारसंगै घरदैलो कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

Leave a review