सिम्रौनगढको मतदान केन्द्रमा मतदान अधिकृत अचानक बेहोस

संदिप प्रसाद यादव
229 पाठक संख्या

कलैया । बाराको सिम्रौनगढमा निर्वाचनमा खटिएका कर्मचारी कार्यक्षेत्रमै अचानक बेहोस भएका छन्।

बारा निर्वाचन क्षेत्र नम्बर-१ अन्तर्गत सिम्रौनगढ नगरपालिका वडा नम्बर ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय किसनपुर केन्द्रका मतदान अधिकृत श्यामप्रसाद साह मतदान भइरहेकै समयमा बेहोस भएर लडेका हुन्।

४५ वर्षीय साहलाई उच्च रक्तचाप का कारण अचानक स्वास्थ्यमा समस्या देखिएको बताइएको छ। मतदान प्रक्रिया सुचारु भइरहेका बेला अचानक स्वास्थ्य बिग्रिएपछि उनलाई तत्काल उपचारका लागि लगिएको जिल्ला निर्वाचन कार्यालय बाराले जनाएको छ।

Leave a review