स्थानीय तहहरुले अन्य विकासका कामहरु संगै पत्रकारीता क्षेत्रको विकास गर्न जरुरीः अध्यक्ष लम्साल

साझेदारी दैनिक
440 पाठक संख्या

कोल्हबी : बिनिता चौधरी/ नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष शिव लम्सालले स्थानीय तहहरुले विकास निर्माणका अन्य कामहरु संगै पत्रकारीता क्षेत्रको पनि विकास गर्न जरुरी रहेको बताएका छन ।

बाराको कोल्हबीमा सञ्चालित तीन दिने आधारभूत पत्रकारिता तालिम आइतबार समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले यस्तो बताउनुभएको हो ।

स्थानीय तहहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपम जोड्न तथा स्थानीय तहहरुमा भएका समस्याहरु उजागर गर्न पनि स्थानीय तहहरुले संचार क्षेत्रको विकास गर्न जरुरी रहेको अध्यक्ष लम्सालले बताए।

समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लम्सालले पत्रकारीता पेशामा लाग्दा अत्यन्तै संयममित र अत्यन्तै गम्भिर भएर काम गर्न तालिमका सहभागीहरुलाई सुझाव पनि दिएका छन ।

तराई इन्टरप्रेनर हाउस प्रा लि को आयोजना तथा कोल्हबी नगरपालिकाको सहयोगमा थारु सेवा सदनको सभा हलमा तालिमको समापन भएको हो।

कोल्हबी नगरपालिकाका नगर प्रमुख रामप्रसाद चौधरीले समापन कार्यक्रमलाई सम्बोधन गर्दै आधारभूत पत्रकारिता तालिम यस भेगका पत्रकारहरुको लागि गरेको बताए। कार्यक्रमका प्रमुख अतिथि चौधरीले यहाँका पत्रकारहरुले आउने दिनहरुमा यसभन्दा पनि राम्रो पत्रकारिता गर्न सकोस् भन्ने शुभकामना दिए। सक्षम,इमानदार,सत्य तथ्यको खोज अनुसन्धान गरि कलम चलाउन नगर प्रमुख चौधरीले आग्रह गरे।

कार्यक्रममा कोल्हवी नगरपालिकाका प्रमुख प्रसासकीय अधिकृत पितानाथ लुइँटेल,प्रेस युनियन बारा शाखाका अध्यक्ष श्यामबाबु यादव,कोल्हवी नगरपालिका वडा न. ३ का वडा अध्यक्ष किशुनदयाल चौधरीले सम्बोधन गर्नुभएको थियो ।

सो अवसरमा सहभागीहरुको तर्फबाट पत्रकार बिनिता चौधरीले आधारभूत पत्रकारिता तालिमबाट सहभागीहरुलाई पत्रकारिता सम्बन्धी अनेक किसिमको ज्ञान सिक्ने अवसर प्रदान गरेको जनाएका थिए। उनीहरुले आयोजक संस्था तराई ईन्टरटर प्रेनर हाउस प्रा. लि. र बिशेष धन्यवाद सहयोगी कोल्हवी नगरपालिकालाई दिईन ।

तालिममा १५ जना स्थानीय पत्रकारहरुको सहभागिता थियो। उक्त तालिममा सहभागीहरुलाई गुरुप्रसाद गौतम र रेश्मी लामिछाने दङ्गालले प्रशिक्षण दिएका थिए।

तालिम समापन कार्यक्रममा स्वागत मन्तव्य पत्रकार अशेष ढुंगानाको थियो भने संचालन पत्रकार धिरेन्द्र पनुहरको थियो।

Leave a review

This will close in 0 seconds