बारासहित देशभर आजदेखि एसईई परीक्षा सुरु

साझेदारी डेलि
236 पाठक संख्या

कलैया : बारासहित देशभर आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ। बारामा ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ। जिल्लाभरका १५५ विद्यालयका विद्यार्थीहरूले यी केन्द्रबाट परीक्षा दिँदै छन्।

शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त प्रमुख अशोक कुमार रौनियारका अनुसार यस वर्ष बाराबाट साधारण नियमिततर्फ ८ हजार ३ सय ७७ जना विद्यार्थी परीक्षामा सहभागी छन्। त्यसैगरी, २०८० र २०८१ को ग्रेड वृद्धितर्फ १ हजार ९ सय ३३ जना तथा २०७९ को ग्रेड वृद्धितर्फ ६६ जना परीक्षार्थी रहेका छन्।

प्राविधिक धारतर्फ नियमित ३ सय ७५ जना र ग्रेड वृद्धितर्फ ६३ जना गरी ४ सय ३८ जना सहभागी हुनेछन्। यससँगै जिल्लामा कुल १० हजार ८ सय १३ जना परीक्षार्थी एसईईमा सहभागी भएका छन्। यस वर्ष एसईई परीक्षामा बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका छन्।

परीक्षा व्यवस्थापनका लागि ३० केन्द्राध्यक्ष, ५८ सहायक केन्द्राध्यक्ष, ५२६ निरीक्षक, ९५ परीक्षा सहायक, २०० कार्यालय सहयोगी र ४५० सुरक्षाकर्मी गरी कुल १ हजार ३ सय ५९ जना जनशक्ति परिचालन गरिएको इकाईले जनाएको छ। आज पहिलो दिन परीक्षार्थीहरूले अङ्ग्रेजी विषयको परीक्षा दिँदै छन्।

TAGGED:
Leave a review