पत्रकार विरेन्द साहको हत्यारा कुर्मी १३ वर्ष पछि बारा प्रहरीका प्रउ पंगेनीद्धारा पकाउ

साझेदारी दैनिक
साझेदारी दैनिक 796 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राजनितिक संरक्षणमा १३ वर्ष देखि बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संग्लगन रहेका हरेराम पटेल भन्ने हरेराम प्रसाद कुमीलाई प्रहरी उपरिक्षक कृष्ण पंगेनीले पक्राउ गरेका छन ।

आइतवार दिउँसो २ ः३० बजेको समयमा बारा कोल्हवी नगरपालिका वडा नं. ४ सपही टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको बारा प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी गराएका छन ।

लुकिछिपि बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिनुभयो ।

कुर्मीलाई पक्राउ गरि कार्यालयमा ल्याइ राखिएको छ । आवश्यक प्रकृया पु¥याई बारा जिल्ला अदालतमा पेश गरिने प्रउ पंगेनीले जानकारी दिनुभयो । पत्रकार साह काम गर्दै अवस्थामा उनलाई फौजदारको समुहले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएको थिए । खोजतलास व्यापक रुपमा गरिरहदा कार्तिक २२ गते उनको शव टाँगिया बस्ती जंगलमा प्रहरीले फेला पारेका थिए ।

शव पुर्ण रुपमा सडेर गलिसकेको अवस्थामा एक महिना पछि टाँगिया बस्ती जंगलमा फेला पारेको थियो । अर्ध गलेको अवस्थामा शवलाई जमिन खनेर हेर्दा पत्रकार साहका हो भनि पहिचान गरिएको थियो ।

समाचार शेयर गर्नुहोस
Leave a review