पत्रकार विरेन्द साहको हत्यारा कुर्मी १३ वर्ष पछि बारा प्रहरीका प्रउ पंगेनीद्धारा पकाउ

साझेदारी दैनिक
1k पाठक संख्या

राजनितिक संरक्षणमा १३ वर्ष देखि बाराका पत्रकार विरेन्द्र साहको हत्यामा संग्लगन रहेका हरेराम पटेल भन्ने हरेराम प्रसाद कुमीलाई प्रहरी उपरिक्षक कृष्ण पंगेनीले पक्राउ गरेका छन ।

आइतवार दिउँसो २ ः३० बजेको समयमा बारा कोल्हवी नगरपालिका वडा नं. ४ सपही टोलमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको बारा प्रहरी उपरिक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी गराएका छन ।

लुकिछिपि बसेको कुरा प्राविधिक अनुसन्धान तथा विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पक्राउ गरिएको प्रहरी उपरिक्षक पंगेनीले जानकारी दिनुभयो ।

कुर्मीलाई पक्राउ गरि कार्यालयमा ल्याइ राखिएको छ । आवश्यक प्रकृया पु¥याई बारा जिल्ला अदालतमा पेश गरिने प्रउ पंगेनीले जानकारी दिनुभयो । पत्रकार साह काम गर्दै अवस्थामा उनलाई फौजदारको समुहले २०६४ असोज १८ गते पिपरा बजारबाट अपहरण गरी शान्ति सम्झौतामा आइसकेको तत्कालीन नेकपा (माओवादी)ले टाँगिया बस्ती जंगलमा लगेर हत्या गरिएको थिए । खोजतलास व्यापक रुपमा गरिरहदा कार्तिक २२ गते उनको शव टाँगिया बस्ती जंगलमा प्रहरीले फेला पारेका थिए ।

शव पुर्ण रुपमा सडेर गलिसकेको अवस्थामा एक महिना पछि टाँगिया बस्ती जंगलमा फेला पारेको थियो । अर्ध गलेको अवस्थामा शवलाई जमिन खनेर हेर्दा पत्रकार साहका हो भनि पहिचान गरिएको थियो ।

Leave a review

This will close in 0 seconds