कलैया । आजदेखि सुरु भएको माध्यमिक शिक्षा परिक्षा(एसईई)को पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयमा बारा जिल्लामा एक हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका छन् ।
शिक्षा विकास तथा समन्वय इकाई बाराका निमित्त इकाई प्रमुख अशोक कुमार रौनियारका अनुसार साधारणतर्फ नियमितमा छात्रा ५७,छात्र ३८ गरि ९५ जना,साधारण तर्फ ग्रेडवृद्धिमा छात्रा ६४७,छात्र ९६६ गरि १ हजार ६१३ जना,प्राविधिक तर्फ नियमितमा छात्रा १ , छात्र ३ जना गरि ४ र प्राविधिक तर्फ ग्रेडवृद्धिमा छात्रा १६ र छात्र ३६ जना गरि ५२ जना गरि कुल १ हजार ७ सय ६४ जना परीक्षार्थी अनुपस्थित भएका हुन् ।
भने साधारणतर्फ नियमितमा छात्रा ४ हजार २७२,छात्र ४ हजार १० गरि ८ हजार २८२ जना, साधारण तर्फ ग्रेडवृद्धिमा छात्रा २५५ ,छात्र १३१ गरि ३८६ जना,प्राविधिक तर्फ नियमितमा छात्रा ९६ , छात्र २७५ जना गरि ३७१ र प्राविधिक तर्फ ग्रेडवृद्धिमा छात्रा ५ र छात्र ६ गरि ११ जना गरि कुल ९ हजार ५० जना परीक्षार्थी उपस्थित भएको निमित्त ईकाइ प्रमुख रौनियारले जानकारी दिएका छन् ।
यस वर्ष एसईई परीक्षामा बाराका १०२ सामुदायिक तथा ५३ संस्थागत विद्यालयका विद्यार्थी सहभागी भएका छन्। भने बारा जिल्लामा कुल १० हजार ८ सय १३ जनापरीक्षार्थी रहेका रहेका छन् । बारा जिल्लामा ३० वटा विद्यालयमा परीक्षा केन्द्र तोकिएको छ।
चैत २० गते शुक्रबार (भोलि) अनिवार्य नेपाली विषयको परिक्षा हुने निमित्त इकाई प्रमुख रौनियारले जानकारी दिए ।

