पिलुवामा ३५० भन्दा बढी बिरुवा वृक्षरोपण

साझेदारी डेलि
79 पाठक संख्या

कलैया । विश्व वातावरण दिवसको अवसरमा “प्रत्येक व्यक्तिले एक बिरुवा रोपेर हुर्काऔँ” भन्ने नारासहित सञ्चालन गरिएको सरसफाइ, संरक्षण तथा वृक्षरोपण अभियान बाराको पिलुवास्थित ओम शान्ति पिस पार्कमा सम्पन्न भएको छ।

ब्रह्माकुमारी युवा प्रभागको आयोजनामा जेठ २२ गते वीरगञ्जबाट सुरु भएको अभियान अन्तर्गत विभिन्न स्थानमा सरसफाइ, वातावरण संरक्षण तथा वृक्षरोपण कार्यक्रम सञ्चालन गरिएको थियो। अभियानको समापन पिलुवामा ३५० भन्दा बढी बिरुवा रोपेर गरिएको आयोजकले जनाएको छ। रोपिएका बिरुवामा बेल, अर्जुन, निम, कागती, कटहर, हलुवाबेद लगायतका फलफूल, औषधीय तथा फूलका प्रजाति रहेका छन्।

समापन कार्यक्रममा पूर्वमन्त्री ज्वाला कुमारी साह प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा पूर्वमन्त्री पुरुषोत्तम पौडेल, वडा अध्यक्ष हरिदेव खरेल, राधेश्याम शिवाकोटी, अनिल मैनाली, ढुण्डीराज उप्रेती, सञ्चारकर्मी गणेशराज रिजाल, पुष्प खतिवडा लगायतको सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता ब्रह्माकुमारी राजयोग सेवा केन्द्र वीरगञ्जकी प्रमुख रविना दिदीले गर्नुभएको थियो भने सञ्चालन गोमा अधिकारीले गर्नुभएको थियो।

Leave a review

This will close in 0 seconds