दुई करोड ७५ लाख रकम हिनामिना गरेको आरोपमा हुलाक कार्यालयका प्रमुख पक्राउ

श्यामबाबु यादव
श्यामबाबु यादव 1.6k पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

दुई करोड ७५ लाख रकम हिनामिना गरेकाे आराेपमा जिल्ला हुलाक कार्यालय बाराका प्रमुख बलिराम प्रसाद कुर्मी पक्राउ परेका छन् ।

बचतकर्ताको दुई करोड ७५ लाख चार सय ७२ रुपैया रकम हिनामिना गरेको आरोपमा प्रहरीले हुलाक कार्यालय बाराका प्रमुख कुर्मीलाई नियन्त्रणमा लिएको हो ।

सर्वसधारण बचतकर्ताहरुले २०७५ साल देखी उक्त बैंकमा जम्मा गरेको पैसा दुई करोड ७५ लाख चार सय ७२ रुपैया हिनामिना गरेको आरोपमा प्रहरीले ५० वर्षीय कुर्मीलाई पक्राउ गरेको हो ।

पर्सा बहादुरमाई गाँउपालिका वार्ड नम्बर २ का कुर्मीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

बचतकर्ताले दिएको उजुरीका आधारमा कुर्मीलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता पुरुषोत्तम पाण्डेले जानकारी दिएका छन् ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको प्रवक्ता पाण्डेले बताएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review