आगोले जलेर बृद्ध महिलाको मृत्यु

साझेदारी दैनिक
298 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ आगोले जलेर गत बुधबार दिउँसो बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १४ ठुलो ब्रहम्पुरीमा गम्भीर घाईते भएकी वृद्ध महिलाको आईतबार राति मृत्यु भएको छ।

मृत्यु हुनेमा स्थानीय ८५ बर्षिया सुगिया देवी रहेकी छिन्।आगोले जलेर गम्भीर घाईते भएकी सुगियालाई उपचारको लागि काठमाण्डौ लगिएको थियो।

उनको उपचार हुन नसकेपछि घर फर्काईएको थियो।आफ्नै घर आँगनमा आगो ताप्ने क्रममा आगोले जलेर उनी गम्भीर घाईते भएकी थिईन्।

आगो ताप्ने क्रममा अचानक कपडामा आगो लागे पछि उनको हात र कमर मुनीको भाग जलेको थियो ।जाडोको बेलामा आगो ताप्ने क्रममा सावधानी नअपनाउदा प्रत्येक धेरै मानिसहरु आगोले जलेर घाईते हुने गरेका छन्। जाडोको बेलामा बृद्धबृद्धालाई बढी समस्या हुने गरेको छ ।

Leave a review