कलैया । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु २,२०० र चाँदी रु ७५ ले घटेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९६ हजार ५०० कायम भएको छ भने चाँदी प्रतितोला रु ४ हजार ९४५ मा कारोबार भइरहेको छ।
हिजो बिहीबार सुन प्रतितोला रु २ लाख ९८ हजार ७०० र चाँदी रु ५ हजार २० मा कारोबार भएको थियो।

