निजगढको गुरुङ होटेलमा एक यूवती मृत फेला

साझेदारी डेलि
165 पाठक संख्या

बारा । बाराको निजगढमा एक यूवती होटेलमा मृत अवस्थामा फेला परेकी छन् । निजगढ नगरपालिका-९ स्थित गुरुङ होटलमा एक युवकसँग बसेकी निजगढ–१२ कोलगाउँकी १९ वर्षीया सीता थिङको मृत्यु भएको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।

प्रहरीका अनुसार मृतकको शव अहिले निजगढ सामुदायिक अस्पतालमा राखिएको छ । प्रारम्भिक अनुसन्धानमा घाँटी थिचेर हत्या गरिएको हुन सक्ने आशंका गरिएको छ ।

राति करिब ११ बजे उनलाई अस्पताल पुर्‍याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

घटनापछि होटलमासँगै बसेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा दुई पुरुष र एक महिला रहेका छन् । उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds