बारा । बाराको त्रिभुवन राजपथअन्तर्गत तीन नम्बर पुल क्षेत्रमा वर्षौंदेखि सञ्चालन हुँदै आएको बजारमा आज डोजर चलाइएको छ ।
डिभिजन वन कार्यालय बाराले पर्सा राष्ट्रिय निकुञ्ज र डिभिजन सडक कार्यालयको समन्वयमा वन क्षेत्र तथा सडक आसपासका अवैध संरचना हटाइएको जनाएको छ।
कार्यालयका प्रमुख सुजित कुमार झाका अनुसार पटक–पटक सूचना र माइकिङमार्फत अतिक्रमण हटाउन आग्रह गरिए पनि अटेर भएपछि डोजर चलाउनुपरेको हो।
तर स्थानीय व्यवसायीहरूले भने आफूहरूलाई पर्याप्त समय र वैकल्पिक व्यवस्था नदिई एकाएक संरचना हटाइएकामा आपत्ति जनाएका छन्।
यस क्षेत्रमा करिब ७० भन्दा बढी साना होटल तथा पसल सञ्चालन हुँदै आएका थियो ।


