फुटपाथ व्यवसायीको पक्षमा बार्ता गर्न पुगेका ठेकेदार गुप्तासँग नगर प्रमुख बस्न मानेनन्

रञ्जन यादव
92 पाठक संख्या

बारा । बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा फुटपाथ व्यवस्थापनको विषयलाई लिएर विवाद झन् चर्किएको छ।

जीतपुर गुदरी बजारको ठेक्का लिएका ठेकेदार शम्भु गुप्ता फुटपाथ व्यवसायीहरूको अगुवाइ गर्दै नगर प्रमुख राजन पौडेलसँग छलफल गर्न उपमहानगरपालिकाको कार्यकक्ष पुगेका थिए। तर नगर प्रहरीले फुटपाथ खाली गराउने क्रममा हातपात भएको आरोप लगाउँदै नगर प्रमुख पौडेलले गुप्तासँग बार्तामा बस्न अस्वीकार गर्दै कार्यकक्षबाट बाहिर निकालिदिएको बताइएको छ।

यसअघि ठेकेदार गुप्ताले फुटपाथ व्यवसायीहरूको व्यवस्थापनको माग गर्दै व्यवसायीहरूको समूहसहित वीरगञ्ज–पथलैया राजमार्ग अन्तर्गत जीतपुर क्षेत्रमा सडक अवरुद्ध गरेका थिए। करिब आधा घण्टासम्म भएको चक्काजामलाई ईलाका प्रहरी कार्यालय सिमरा र ईलाका प्रहरी कार्यालय जीतपुर को सहकार्यमा खुलाइएको थियो।

फुटपाथ व्यवसायीहरूले आफूहरूको रोजीरोटीमाथि प्रहार भएको गुनासो गर्दै उचित व्यवस्थापनको माग गरेका छन्। यता उपमहानगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथ अतिक्रमण हटाउने अभियानलाई निरन्तर अघि बढाइने स्पष्ट पारेको छ।यस घटनापछि जीतपुर बजार क्षेत्रमा फुटपाथ व्यवस्थापनको विषय थप विवादित बनेको छ। सामाजिक सञ्जालमा पनि नगर प्रमुखको कदम र फुटपाथ व्यवसायीहरूको आन्दोलनलाई लिएर तीव्र बहस भइरहेको छ।

Leave a review

This will close in 0 seconds