बारामा चौध जना फरार प्रतिवादी पक्राउ

साझेदारी डेलि
66 पाठक संख्या

कलैया । बारा प्रहरीले विभिन्न मुद्दामा फरार रहेका १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाराका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक सुरेशराज भट्टले बुधबार एक सूचना जारी गरी जानकारी दिएका हुन्।

पक्राउ पर्नेमा कलैया- १ का आशिषकुमार दास, समिर प्रधान, सनिकुमार साह, बारागढी-५ सिंहासनीका सुरेश बैठा, कलैया-६ का नागेश्वरसाह सोनार, जितपुरसिमरा- १२ का सत्यनारायण ठाकुर, सिम्रौनगढका अजिउल्लाह अन्सारी,फेटा ४ का पुन्देव भन्ने पुनदेव महरालाई प्रहरीले पक्राउ गरेको हो।

यस्तै कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी बाराको पचरौता नगरपालिका ८ का रामचन्द्रप्रसाद यादव, रविन्द्रप्रसाद यादव, भोला भन्ने शिवशंकरप्रसाद यादव, हरिशंकरप्रसाद यादव, प्रदिपकुमार यादव एवम् सर्वजितराय यादवलाई प्रहरीले पक्राउ गरी पुर्पक्षकोलागि जेल चलान गरेको प्रेस विज्ञप्तिमा लेखिएको छ।

Leave a review

This will close in 0 seconds