बंगुर पालन सम्बन्धि तालिम सम्पन्न

साझेदारी दैनिक
साझेदारी दैनिक 138 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

बाराको डुमरवानामा ३ दिने आधारभूत बंगुर पालन सम्बन्धि तालिम सम्पन्न गरेको छ ।

छिमेक लघुवित्त वित्तीय संस्था सिमरा शाखाले संचालन गरेको उक्त तालिममा स्थानीय ४३ जना सदस्यकोहरु सहभागीता रहेको थियो ।

तालिमको एक कार्यक्रमवीच शुक्रवार समापन गरिएको छ । तालिम समापनका क्रममा सहभागीहरुले तालिमबाट बंगुर पालनका लागि महत्त्वपूर्ण विषयहरु सिकेको र यसबाट व्यवसायीक बंगुर पालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन ।

छिमेली लघुवित्त शाखाका प्राबिधिक आनन्द भट्टराईले तालिममा सदस्यहरुलाई बंगुरको जात,रोग,परजीवि र व्यवस्थापने बारे जानकारी गराए थिए ।

त्यस्तै उनीहरुलाई वित्तीय साक्षरता,बचत,ऋण,बिमा,ब्याज, सेवा तथा संस्थाको अन्य सेवा सुबिधा बारे शाखा प्रबन्धक हरी प्रसाद डूम्राकोटीले सहजीकरण गरेका थिए ।

तालिममा जीतपुरसिमरा उपमहानगरपालिकाका पशु प्राविधिक प्रतीक कुमार राईले बंगुरमा लाग्ने रोग तथा अनुदानको बारे सहजीकरण गराएको आयोजक संस्थाले जनाएको छ ।

साझेदारी दैनिक

समाचार शेयर गर्नुहोस
Leave a review