Sajhedari Daily
Latest News from Nepal

निजगढमा क्रसर उद्योगहरु संचालनमा आए

नवराज चौलागाईं /
बारा निजगढमा रहेका एक महिनादेखि बन्द रहेको क्रसर उद्योगहरु संचालनमा आएका छन । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकबाट एक महिनादेखि बन्द रहेको निजगढका क्रसर उद्योगहरुलाई कडाईका साथ नियमन गर्दै संचालन गर्न दिईने गरि बाटो खोलेकोछ ।

क्रसर उद्योगमा रहेको नदिजन्य पदार्थ मौज्दात नाप जांच गरि प्रतिवेदन पेश गर्न गठित प्राविधिक उपसमितिले पेश गरेको प्रतिवेदनमा क्रसर उद्योगहरुमा मौज्दात रहेको परिमाण बमोजिमको नियमानुसार हुने राजश्व रकम पूर्ण रुपमा नबुझाएको देखिएकोले उक्त परिमाणको राजश्व निजगढ नगरपालिकाले असुलउपर गर्ने बैठकले निर्णय गरेकोछ ।

अनुगमन तथा समन्वय समितिको बैठकले नदीबाट संकलन भई बिभिन्न क्रसर उद्योग नजिक रहेको ढुंगा, गीति, बालुवा मौज्दात कसैले जिम्मा नलिएको भन्दै तेस्ता मौज्दातलाई जफतायोग्य मानि सो मौज्दातको नगरपालिकाले नापजाँच गरि नजिकै रहेको क्रसर उध्योगबाट जरिवाना सहित राजश्व असुलउपर गर्ने निर्णय गरेकोछ ।

आफ्नो जग्गा भन्दा बाहिर नदि किनार,सार्वजनिक जग्गामा क्रसर उद्योगहरुले राखेको मौज्दात उद्योगले व्यवस्थित रुपमा राख्नुपर्ने भएकोछ ।तेस्तै क्रसर उद्योगहरुले विक्री वितरण तथा मौज्दातको विवरण प्रत्येक महिनाको ७ गतेभित्र नगरपालिकामा बुझाई नगरपालिका मार्फत जिल्ला स्तरीय नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समितिलाई उपलब्ध गराउने निर्णय भएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताए ।

यसैगरी नदिजन्य पदार्थ उत्खननको सन्दर्भमा निजगढ नगरपालिकाबाट चालु आर्थिक वर्षमा भएको नदिजन्य पदार्थ ठेक्का कार्यान्वयनको क्रममा नदीमा चारकिल्ला तोकी घाटगद्धि गरि ढुंगा,गिट्टी,वालुवा उत्खनन विक्री तथा व्यवस्थापन मापदण्ड बमोजिम घाटगद्धीबाट विक्री वितरण गराईने पनि बैठकले निर्णय गरेको निजगढका मेयर खनालले बताए ।

नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको बैठकले गरेको निर्णय कार्यान्वयन गरि निजगढमा रहेका क्रसर उद्योगहरु संचालनको बाटो खुलेको हो । नदिजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन तथा समन्वय समिति बाराको गत पौष २ गते बसेको बैठकले निजगढमा संचालित क्रसर उद्योगहरुलाई संचालनमा तत्कालकालागी रोक लगाएकोथियो ।

Comments are closed.