कलैया । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको महागढिमाई नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय प्रसाद कुशवाहाको जिम्मेवारी रद्द गरेको छ।
मन्त्रालयले लामो समय देखि स्थानीय तहमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा जिम्मेवारीमा रहेका कुशवाहाको आर्थिक र प्रशासनिक अधिकार कटौती गरेको हो। कुशवाहा स्वास्थ्य क्षेत्रका कर्मचारी हुन।
मेयर उपेन्द्र प्रसाद यादवको विश्वास पात्रको रुपमा रहेका कुशवाहा गत वैशाख २७ गते देखि निमित्तको रुपमा कार्यरत रहेका थिए।

