राम राजा क्याम्पको १३ औँ क्याम्पस सभा सम्पन्न

साझेदारी दैनिक
906 पाठक संख्या

रबिन्द्र प्रसाद साह/
कलैया स्थित राम राजा (मो.वि. शाह) बहुमुखी क्याम्पको १३ औँ क्याम्पस सभा शुक्रवावर क्याम्पको प्राङ्गणमा सम्पन्न गरिएको छ।क्याम्पस सभाको प्रदेश सभा सदस्य पारस प्रसाद साहले उद्घाटन गरेका छन ।

राम राजा (मो.वि. शाह) बहुमुखी क्याम्पको क्याम्पस व्यवस्थापन समितिको अध्यक्ष प्रभुनाथ पटेलको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कलैया उपमहानगरपालिकाका नगरप्रमुख राजेशराय यादव, बारा उद्योग वाणिज्य संघ बाराका अध्यक्ष राजकुमार साह, अतिथिहरूमा नेकपा बाराका प्रतिनिधि विक्रम ठाकुर, पुर्वमन्त्री तथा नेपाली काँग्रेसकी नेतृ कलावती पासवान, क्याम्पस व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष सुरेश कुमार मोदक , महिला संजाल बाराकी अध्यक्ष बबिता जयसवाल, बेटि बचाउ बेटि पढाउ अभियान बाराकी संयोजक निभा सिंह, नेमकिपाका प्रतिनिधि मुक्ति यादव, जसपा प्रतिनिधि चुमनवाबु केवट, गैर सहकारी संस्था बाराका निमित अध्यक्ष वृजमोहन कुशवाहा लगायतको वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा सभामा क्याम्पको आ. व. २०७६/०७७ को वार्षिक प्रतिवेदनको विमोचन पनि गरिएको थियो । सो अवसरमा क्याम्पसले लेखापढी व्यवसायी संघ बाराका अध्यक्ष वृजकिशोर यादव र हलखोरिया साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रबिन्द्र सिंहलाई सम्मान गरेको छ । गम्छा ओढाएर सम्मानित गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य क्याम्पस व्यवस्थापन समितिको कोषाध्यक्ष जंगबहादुर चौरसियाले र सन्चालन क्याम्पसका प्राध्यापक अमित मिश्रले गरेका थिए ।

Leave a review