बारा मोटरसाइकलको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु

साझेदारी डेलि
76 पाठक संख्या

बारा । बारा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित भलुही चौकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा १२ वर्षीय बालकको मृत्यु भएको छ।

प्रहरीका अनुसार सोमबार राति प्रदेश २–०३–००२ प १११९ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा साइकल चालक पर्साको वीरगञ्ज महानगरपालिका–३२ निवासी ३२ वर्षीय राजेश महतो र साइकलमा पछाडि सवार उनका १२ वर्षीय छोरा कनाई महतो घाइते भएका थिए।

दुर्घटनापछि घाइते दुवैलाई उपचारका लागि परवानीपुरस्थित एल.एस. न्युरो अस्पताल लगिएको थियो। उपचारकै क्रममा राति कनाई महतोको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते राजेश महतोको सोही अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Leave a review

This will close in 0 seconds