नगर प्रमुख बैजनाथ यादवद्वारा मानपुरमा सडक ढलानको शिलान्यास

Om Prakash Yadav
78 पाठक संख्या

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–४ बिशुनपुर्वा मानपुरमा विकास निर्माणका कामले तीव्रता पाएको छ। माधवनारायण नगरपालिकाका नगर प्रमुख बैजनाथ प्रसाद यादवको सकृय पहलमा बिशुनपुर्वा मानपुरमा एकैसाथ करिव दुई करोडको योजनाको काम अगाडि बढेको छ ।

४० लाख रुपैयाको लागतमा सडक ढलान तथा १ करोड ५० लाख रुपैयाँको लागतमा नयाँ स्वास्थ्य चौकी भवन निर्माणको काम अघि बढाइएको मेयर बैजनाथ प्रसाद यादवले बताए । नगर प्रमुख यादवले आइतबार वडा नम्बर ४ को बिशुनपुर्वा मानपुरस्थित मुख्य सडकमा लाखौको लागतना निर्माण हुने सडक ढलान योजनाको शिलान्यास गरेका छन्।

नगर प्रमुख यादवको सक्रियता र माधवनारायण नगरपालिका -४ का नेपाली कांग्रेसबाट वडा अध्यक्षका प्रत्याशी अजय कुमार चौधरीको विशेष पहलमा उक्त सडक ढलान कार्य अगाडि बढेको हो ।

नेता अजय कुमार चौधरीका अनुसार वर्षौंदेखि कच्ची रहेको उक्त सडकमा गर्मीमा अत्यधिक धुलो र वर्षायाममा हिलो हुने भएकाले स्थानीयवासीले दैनिक आवतजावतमा ठूलो सास्ती भोग्दै आएका थिए। सडक ढलान सम्पन्न भएपछि स्थानीयको आवागमन सहज हुनुका साथै गाउँको स्वरूपसमेत परिवर्तन हुने अपेक्षा गरिएको छ।

त्यसैगरी, नगर प्रमुख यादवकै विशेष पहलमा १ करोड ५० लाख रुपैयाँको लागतमा बिशुनपुर्वा मानपुर स्वास्थ्य चौकीको नयाँ भवन निर्माण कार्य पनि अघि बढाइएको छ।

वर्षौंदेखि जीर्ण भवनबाट सेवा दिँदै आएको स्वास्थ्य चौकीका लागि अहिले नयाँ भवनको जग खन्ने काम भइरहेको छ। भवन निर्माण सम्पन्न भएपछि स्थानीयले आधुनिक र व्यवस्थित वातावरणमा स्वास्थ्य सेवा पाउने विश्वास गरिएको नगर प्रमुख बैजनाथ प्रसाद यादवले बताए ।

स्थानीयवासीका अनुसार नगर प्रमुख यादव निर्वाचित भएपछि वडामा विकास निर्माणका कामले गति लिएको छ। मेयर यादवले बिशुनपुर्वा मानपुरमा एकपछि अर्को पूर्वाधार विकासका योजना अगाडि बढाउन थालेपछि स्थानीयहरू उत्साहित भएका छन्।

स्थानीयले नगर प्रमुख बैजनाथ प्रसाद यादवको सक्रियता र विकासप्रतिको प्रतिबद्धताले बिशुनपुर्वा मानपुरमा वर्षौंदेखिका समस्या क्रमशः समाधान हुन थालेको बताएका छन्।

Leave a review

This will close in 0 seconds