ज्यान मुद्दामा फरार एकजना तीन वर्षपछि पक्राउ

साझेदारी दैनिक
494 पाठक संख्या

वीरगञ्ज । जिल्ला प्रहरी कार्यालय पर्साले कर्तव्य ज्यान मुद्दामा फरार रहेका एकजालाई तीन वर्षपछि पक्राउ गरेको छ ।

यसरी पक्राउ पर्नेमा जिल्लाकै पोखरिया नगरपालिका–५ सतवरियाका वस्ने ३६ वर्षीय सिकेन्द्र प्रसाद चौहानलाई पक्राउ गरेको हो ।

पोखरिया–६ श्रीसिया निवासी धर्मेन्द्र प्रसाद चौहान र पोखरिया–५ सतवरियाकी निषा कुमारी चौहानबीच विवाहपश्चात बेहुली बिदाइको विषयलाई लिएर दुवै पक्षबीच मनमुटाव उत्पन्न भएको थियो,जसले अन्ततः हिंसात्मक रूप लिएको थियो।

प्रहरीका अनुसार गत २०७९ साल वैशाख ९ गते पोखरिया नगरपालिका–४ स्थित बाल उद्यान अंग्रेजी बोर्डिङ स्कूलको प्राङ्गणमा दुई पक्षबीच भएको झडपका क्रममा शंकर प्रसाद महतो चाई गम्भीर घाइते भएका थिए।

त्यसको करिब दुई महिना पछि, २०७९ असार ११ गते काठमाडौंको शहीद गंगालाल अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भयो । उक्त झडपको जड २०७६ साल वैशाख ४ गते भएको विवाह रहेको बताइएको छ।

झडपपछि पीडित पक्षले दिएको किटानी जाहेरीका आधारमा अभियुक्तको खोजी भइरहेकै क्रममा,तीन वर्षपछि पर्सा सोमबार चौहानलाई सतवरियाबाट पक्राउ गरेको थियो ।

पक्राउ परेका चौहानलाई ज्यान मुद्दा सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गराई थप अनुसन्धान कार्य अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave a review