नेपाल कुशवाहा कल्याण समाजको सातौ राष्ट्रिय महाधिवेशनको भयो उद्घाटन

संदिप प्रसाद यादव
388 पाठक संख्या

नेपाल कुशवाहा क्ल्याण समाजको सातौं राष्ट्रिय महाधिवेशनको सांसद लक्ष्मी महतोले शुक्रबार एक कार्यक्रमवीच उद्घाटन गरेका छन् ।

बाराको फेटा गाउँपालिका वार्ड नम्बर १ स्थित भलुही स्कुलको प्राङ्गणमा कुशवाहा कल्याण समाज बाराको आयोजनामा सो अधिवेशन भइरहेको हो ।

नेपाल कुशवाहा क्ल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोको अध्यक्षतामा सो उद्घाटन सत्र सम्पन्न भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य महतोले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका हुन् ।

विधिवत २०४८ सालमा स्थापित भई हालसम्म अनवरत रुपमा क्रियाशिल ऐतिहासिक जातीय संस्था नेपाल कुशवाहा कल्याण समाज रहेको छ ।

हिन्दु धर्मावलम्बी अन्र्तगत क्षेत्री वर्णका कुशवाहा जाती अर्थात (मेहता,महतो,कुशवाहा,सिंह,मौर्य,आर्य,बर्मा) लगायतका थर भएका देशभरका लगभग नौ लाख कुशवाहाहरुका जातीय संस्थाको रुपमा यस्को क्रियाशिलता रहेको छ । देशको कोशी,मधेश,बागमती र लुम्बिनी प्रदेशमा रहेको आयोजकले जानकारी दिएका छन् ।

सो कार्यक्रममा गोपाल सेवा समितिका अध्यक्ष एवम् समाजसेवी जंग बहादुर यादव,नेपाल कुशवाहा कल्याण समाज बिद्यार्थी संघका केन्द्रिय अध्यक्ष मुकेश कुशवाहा,मधेस प्रदेशका पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहा र स्वास्थ्य तथा जनसंख्या मन्त्री शत्रुधन प्रसाद सिंह लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् प्रतिनिधि सभा सदस्य लक्ष्मी महतोले कुशवाहा कल्याण समाज बाराको आफ्नो निजि भवन नभएको असहजता महसुस गर्दै दुख व्यक्त गरेका छन् । साथै सातौं राष्ट्रिय महाअधिवेशनबाट केही रकम संक्षिप्त गरि सो भवन बनाउने कार्यलाई अगाडि बढाउने उनले बताए ।

भवन निर्माण कार्यमा आफ्नो एक महिनाको मासिक तलब प्रदान गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कुशवाहा क्ल्याण समाजका केन्द्रिय अध्यक्ष तपेश्वर महतोले कुशवाहा समाजलाई कसरी संगठित गरी एकाआपसमा मेलमिलापको भावना राखी अगाडि बढ्न सुझाव दिएका थिए ।

उक्त कार्यक्रममा पुर्व शिक्षा मन्त्री रामचन्द्र कुशवाहा,पुर्व राज्यमन्त्री सिताराम मेहता,पुर्व राज्यमन्त्री शत्रुधन महतो,संविधान सभा सदस्य शिवचन्द्र कुशवाहा,पुर्व राज्यमन्त्री सुनिता महतो,संविधान सभा सदस्य हरेश प्रसाद महतो,कोशी प्रदेशका सांसद राम प्रसाद मेहता,पुर्व केन्द्रीय अध्यक्ष रामबाबु महतो,पुर्व अध्यक्ष लक्षण महतो,राजेश कुशवाहा,नि.वर्तमान अध्यक्ष एवम् प्रमुख सल्लाहकार डाक्टर कृपा राम महतो, जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो,समाजसेवी,सञ्चारकर्मी,विभिन्न जिल्लाका कुशवाहा कल्याण समाजका अध्यक्षहरु लगायतको उपस्तिथि रहेको थियोे ।

रामविध्या कुशवाहाले स्वागत गरेका थिए । सो कार्यक्रमको संचालन गंगासागर कुशवाहाले गरेका थिए । कलैयामा रहेको कारण राज होटलमा आज हुने बन्द सत्रले नेपाल कुशवाहा कल्याण समाजको नयाँ नेतृत्व चयन गर्ने छ ।

Leave a review

This will close in 0 seconds