महागढीमाई नगरपालिकामा आज स्थानीय शोक बिदा

साझेदारी डेलि
110 पाठक संख्या

बारा। बाराको महागढीमाई नगरपालिकाअन्तर्गत आधारभूत स्वास्थ्य सेवा केन्द्र-०५ मा कार्यरत स्वास्थ्यकर्मी ज्ञान सागर चौधरीको असामयिक निधन भएपछि नगरपालिकाले आज एक दिन स्थानीय शोक बिदा दिएको छ।

नगरपालिकाले जारी गरेको सूचनाअनुसार स्वास्थ्यकर्मी चौधरीको आइतबार असामयिक निधन भएको हो।

उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै तथा शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै २०८३ असार २९ गते सोमबार नगरपालिकामातहत रहेका सम्पूर्ण कार्यालयमा स्थानीय शोक बिदा दिइएको जनाएको छ।

Leave a review

This will close in 0 seconds