प्राविधिक समस्याका कारण यातायात कार्यालय बाराका अधिकांश सेवा स्थगित

साझेदारी डेलि
51 पाठक संख्या

बारा। सवारीचालक अनुमतिपत्र दर्ता प्रणाली (ईडिएलभिआरएस ) मा प्राविधिक समस्या देखिएपछि यातायात व्यवस्था कार्यालय बाराले लाइसेन्स वितरण तथा सवारीसम्बन्धी केही कार्यबाहेक अधिकांश सेवा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार सवारीचालक अनुमतिपत्रसम्बन्धी नयाँ दर्ता, वर्ग थप, सवारीचालक अनुमतिपत्र नवीकरण तथा राजस्व भुक्तानीलगायतका सेवामा प्रयोग हुने ईडिएलभिआरएस प्रणालीमा समस्या आएको छ। उक्त प्रणालीमा सुधारको कार्य भइरहेको जानकारी यातायात व्यवस्था विभाग, मीनभवन, काठमाडौंबाट प्राप्त भएपछि सेवाहरु रोकिएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार हाल लाइसेन्स वितरण तथा सवारीसम्बन्धी कार्य भने यथावत् सञ्चालनमा रहनेछ। ईडिएलभिआरएस प्रणाली पूर्ण रूपमा सञ्चालनमा आएपछि स्थगित गरिएका सबै सेवा पुनः नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ।

यातायात व्यवस्था कार्यालय बाराले सेवाग्राहीमा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै प्रणाली सुधार भएपछि सेवा सुचारु हुने जानकारी दिएको छ ।

Leave a review

This will close in 0 seconds