धिरेन्द्र पनुहर/
बाराको कोल्हबीमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धि पालिका स्तरीय अन्तरक्रिया गोष्ठी मंगलवार सम्पन्न भएको छ।
अख्तियर दुरुपयोग अनुसन्धान आयोगको हेटोडा कार्यालयको आयोजनामा कोल्हबी स्थित होटेल रोज उड प्रालिमा उक्त अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
अख्तियार हेटौडा कार्यालयका सिडिइ सुरेन्द्र घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथिमा कोल्हबी नगरपालिकाका नगरप्रमुख रामप्रसाद चौधरी रहेका थिए ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले कोल्हबी नगरपालिका जिल्लाका १६ वटा पालिका मध्ये सुशासनमा चौथो स्थानमा रहेको जानकारी गराउनु हुदै आउदो दिनमा प्रथम स्थानमा राख्ने सबैको सहकार्यको जरुरी रहेको बताउनुभयो ।
यस्तै कार्यक्रममा अख्तियारका सिडिइ सुरेन्द्र घिमिरेले अख्तियर दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रटाचार नियन्त्रण तथा सुशासन प्रबर्धनको लागि गर्नु पर्ने काम कर्तब्य,अख्तियारमा उजुरी परेपछि काम गर्ने की नगर्ने,अख्तियारमा उजुरी परेपछि भुक्तानी दिने की नदिने,झूठा उजुरी दिनेलाइ कारवाही हुन्छ की हुदैन जस्ता बिषयमा जानकारी गराउनु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले राखेका जिज्ञासाहरुलाई समेत सिडिइ घिमिरेले संबोधन गर्नु भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा कोल्हबी नगरपालिकाकी उपप्रमुख लक्ष्मी कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेल,कोल्हबीका सवै वडाअध्यक्षहरु,ईलाका प्रहरी कार्यालय कोल्हवीका प्रहरी निरीक्षक किसन बस्नेत,सशस्त्र प्रहरी बल कोल्हबीका प्रमुख कृष्ण बिक्रम बानिया,तामागढी वन समितिका अध्यक्ष रबिन्द्र पनुहर,समाजसेवि तपेश्वर राय थारु,पुरनदेव चौधरी,हरिचन्द्र पनुहर,भुवन चौधरी,शंकर मैनाली,सपही स्कुलका प्रअ भुनेश्वर चौधरी,प्रसौना स्कुलका प्रअ चन्द्रदेव कुशवावा लगायतको उपस्तिथि रहेको थियो ।

