Sajhedari Daily
Latest News from Nepal

विपन्न नागरिकलाई न्यानो कपडा वितरण

नवराज चौलागाईं,
निजगढका विभिन्न स्थानका ज्येस्ठ नागरिक र विपन्न नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएकोछ । लायन्स क्लव अफ काठमाण्डौं रन्जना र लायन्स क्लव अफ काठमाडौं रन्जना सिस्टरले निजगढका कछाडिया समुदायका नागरिकहरुलाई सो सामग्री वितरण गरेको हो ।

तराईमा निरन्तर बढेको अत्याधिक चिसोलाई मध्यनजर गर्दै लायन्सले निजगढमा ब्ल्यांकेट र स्वीटर वितरण गरेको लायन्स क्लव काठमाडौं रन्जनाकि प्रेसिडेन्ट बिना श्रेष्ठले बताईन ।

निजगढ नगरपालिका वडा नम्बर १,४ र ११ मा रहेको एक सय ६० जना भन्दा बढीलाई ब्ल्यांकेट र स्वीटर वितरण गरेको निजगढ नगरपालिका वडा नम्बर ८ का वडा सदस्य विदुर खड्काले बताए ।

कार्यक्रममा निजगढका मेयर सुरेश कुमार खनाल,उपप्रमुख लिलादेवी लामिछाने खनाल,नेपालि कांग्रेसका महाधिवेशन प्रतिनिधि पेमासिद्धि लामा,नेपालि कांग्रेस निजगढका सभापति महेशी कुमर लगायत लायन्स क्लवका सदस्यहरुले ब्ल्यांकेट र स्वेटर हस्तान्तरण गरेका थिए ।

सो अवसरमा वोल्दै मेयर खनालले तराईका नागरिकलाई शितलहरबाट जोगाउन काठमाडौंका नागरिकले गरेको क्रियाकलापबाट सबैले प्रेरणा पाएको बताएका छन ।उद्यमी मनोज भारतीको संयोजनमा आयोजित उक्त कार्यक्रममा न्यानो सामाग्री वितरण गरिएको थियो ।

Comments are closed.