मालपोत कार्यालय बारामा अधिकृत सहित १७ जना कर्मचारी अनुपस्थित

संदिप प्रसाद यादव
553 पाठक संख्या

कलैया : भूमि सुधार तथा मालपोत कार्यालय बारामा जिल्ला प्रशासन कार्यालय बाराको टोलिले शुक्रबार छडके अनुगमन गरेको छ।

जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र प्रसाद यादवको नेतृत्वमा गएको टोलिको छड्के अनुगमन गरेको हो।

अनुगमनमा मालपोत अधिकृत उदयशंकर चौधरी सहित १७ जना कर्मचारीहरु अनुपस्थित रहेको पाइएको हो।

भूमि सुधार तथा मालपोत कार्यालयमा सेवा प्रवाहमा ढिलासुस्ती भइरहेको गुनासो हुन थालेपछि प्रमुख प्रशासकीय अधिकृत यादवले छड्के अनुगमन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईका अनुसार मालपोत कार्यालयमा सेवा सम्बन्धी गुनासो बढेपछि अनुगमन गरिएको हो।

मालपोत अधिकृत चौधरी,नायव सुब्बा राजकिशोर चौधरी,रामजी साह,कम्प्युटर अपरेटर जितेन्द्र प्रसाद यादव,खरिदार सुदिप साह,प्रवेज हवारी,दिपेन्द्र चौधरी,प्रविण चौधरी,सहायक कम्प्युटर अपरेटर गणेश कुमार साह,सुर्या दहैत,कार्यालय सहयोगी मुनिलाल हजारा,असेसर प्रसाद यादव,राजकिशोर यादव,चौकिदार श्यामबाबु यादव,तामेलदार दिनेश कुमार यादव र स्विपर आत्मा देवी डोम अनुपस्थित रहेको सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।

अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत यादवले कर्मचारीहरूलाई नियमित रूपमा कार्यालय समयमा उपस्थिति गराई छिटो–छरितो र प्रभावकारी सेवा प्रवाहतर्फ ध्यान पु-याउन निर्देशनसमेत दिएका छन् ।

आफू मालपोत कार्यालयमा निरन्तर छडके अनुगमन गर्ने बताएका छन् ।

सो अनुगमन टोलिमा प्रशासनका नायब सुब्बा रत्न बहादुर स्याङतान समेतको सहभागिता थियो। अनुपस्थित कर्मचारीको हाजिरी काटिएको र उनीहरु काम गर्ने की नगर्ने भनि दोधारमा रहेको बताइएको छ।

Leave a review

This will close in 0 seconds