बारा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ नगरपालिका–७ मा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका एक वृद्धको उपचारका क्रममा मृत्यु भएको छ।
प्रहरीका अनुसार भदौ २ गते साँझ चपुरबाट निजगढतर्फ जाँदै गरेको ना.४८ प ५६९३ नम्बरको मोटरसाइकलले सुपर मार्केट नजिकै सोही दिशातर्फ साइकलमा गइरहेका निजगढ–९ निवासी ७५ वर्षीय चन्द्रबहादुर श्रेष्ठलाई पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको गएराति मृत्यु भएको प्रहरीले जनाएको छ।


