Sajhedari Daily
Latest News from Nepal

ओलीको कदम असँबैधानिक भएपनि निर्बाचनको आवश्यक छः उपसभापति निधि

राम मण्डल /

प्रधानमन्त्री ओलीको कदम असँबैधानिक भएको तर, निर्बाचनको कदम असँबैधानिक नभएको नेपाली काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन ।

वीरगञ्जमा सोमबार पत्रकार सम्मेलनमा बोल्दै निधिले ओलीको कदमको बिरुद्धमा नेपाली काँग्रेसले निरन्तर रुपमा टोलटोल, गाउँ गाउँ वडा वडामा आन्दोलन गरिरहेको बताए । ओलीको कदम असँबैधानिक हो,निर्बाचनको कदम असँबैधानिक होईन,उनले भने । सँसद पुर्नस्थापना नभएको खण्डमा तोकिएकै समयमा निर्बाचन नभए देशमा विषम परिस्थिति आउने निधिको भनाई छ ।

काँग्रेस महाधिबेसनको बारेमा पत्रकारहरुले सोधेको प्रशनको जवाफ दिदै निधिले देशमा निर्बाचन पहिले भयो भने निर्बाचनमा भाग लिने र पर सरे महाधिबेशन हुने जवाफ दिए । अहिलेको राजनीतिक सँकटको उपचार प्रतिनिधी सभा प्राप्ति रहेको तथा त्यसको लागि सबैजना कृयाशिल र अग्रसर हुनुपर्ने कुरामा जोड दिए । उनले प्रतिनिधी सभाको पुर्न स्थापनाको बहस अदालतमा चलिरहेकोले अदालतले गरेको निर्णय मान्य हुने बताए ।

प्रतिनिधी सभा बिघटनलाई काँग्रेसले असँबैधानक र अलोकतान्त्रिक कदम मानेको निधीको भनाई थियो । पुस ५ गते भएको प्रतिनिधी सभा बिघटनको कार्य जनताको मतको बिरुद्धमा भएको उनले बताए । नेपाली काँग्रेसलाई अरु कसैले हराउनै नसक्ने ठोकुवा निधीको थियो । सधै द्श र जनताको अधिकारको लागि लडेको पार्टी काँग्रेस भएकोले अहिले पनि काँग्रेस त्यही लडाईमा रहेको निधीले बताएका छन ।