देवताल गाउँपालिकाका विद्यालयमा असोज २५ देखि कात्तिक ८ गतेसम्म दशैं बिदा

साझेदारी डेलि
52 पाठक संख्या

बारा । बाराको देवताल गाउँपालिकाले बडादशैंको अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण विद्यालयमा असोज २५ गतेदेखि कात्तिक ८ गतेसम्म पठनपाठन बन्द गर्ने भएको छ।

गाउँपालिकाले असोज २३ गते शुक्रबार सूचना जारी गर्दै कात्तिक ९ गतेदेखि विद्यालयको पठनपाठन नियमित रूपमा सञ्चालन हुने जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत उदय शंकर चौधरी र शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सुनिल प्रसाद यादवद्वारा जारी सूचनामा दशैंको अवसरमा विद्यार्थी, शिक्षक, कर्मचारी तथा अभिभावकलाई सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरिएको छ।

Leave a review