जीतपुर : केही दिनदेखी तराईमा गर्मी बढ्दै गएपछि जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक र संस्थागत विद्यालयलाई बिहानको समय कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै नगर क्षेत्र भित्रका विद्यालयलाई बिहानी कक्षा संचालन गर्न निर्देश गरेको हो ।
उपमहानगरपालिकाका शिक्षा महाशाखा प्रमुख शिवजी प्रसादले विहीबारदेखि लागू हुने गरी बिहानी सुचना जारी गरी कक्षा संचालन गर्न निर्देशन दिएका हुन् ।
अर्को सूचना जारी नभएसम्म तोकिएको समय अवधि नघटाई कक्षा संचालन गर्न उपमहानगरपालिकाले अनुरोध गरेको छ ।


