Sajhedari Daily
Latest News from Nepal

जनताको वलिदानीबाट प्राप्त संघीयता गुम्ने खतरा छः राज्यमन्त्री यादव

कोल्हवी
प्रदेश नम्बर दुई सरकारकी आर्थिक मामिला राज्यमन्त्री उषा यादवले लाखौ जनताको वलिदानीबाट प्राप्त संघीयता गुम्ने खतरा भएको बताएकी छिन ।
बाराको पिपरामा विहिवार करैयामाई पाँचौ पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्दै राज्यमन्त्री यादवले यस्तो बताएकी हुन । उनले अहिलो संविधानलाई नै विफल बनाउने खेलमा प्रतिगामी तत्व लागि रहेकोले संघीयताम पनि खतरामा परेको बताईन । उनले देशमा युवा शक्तिको अभावमा नै हालको राजनीतिक परिस्थिति उब्जीएको बताईन । ७६ बर्षमा देशले ७ वटा संविधान आएको बताउदै संविधानसभाद्धारा निर्माण भएको संविधानलाई वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले विफल पार्न खोजेको यादवले आरोप लगाईन ।
संविधानमा नै नभएको प्रावधानलाई टेकेर प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेर संविधानलाई मास्ने काम गरेको राज्यमन्त्री यादवको आरोप छ । उने खेलकुदले पनि देशको पहिचान गर्ने भएकाले प्रदेश सरकारले एक पालिका एक खेलमैदानको अवधारण सहित काम गरेको वताएकी छिन ।
यसैगरी सोही कार्यक्रमा बोल्दै करैयामाई गाउँपालिकाका अध्यक्ष भुनेश्वर धामीले खेलकुदले व्याक्तिगत फाईदासंगै गाउँसमाजको पनि पहिचान हुने भएकोले गाउँपालिकाले खेलकुदलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन ।
आयोजक सृजनशिल युवा क्लब पिपराका अध्यक्ष वृजमोहन चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा करैयामाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज कुशवाहा, करैयामाई गाउँपालिका वडा नम्ब १ का वडाअध्यक्ष सोनालाल साह, वडा नम्बर ७ का वृज चौधरी, कोल्हवी नगरपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष वीरेन्द्र चौधरी, तामागढी साझेदारी बन समितिका अध्यक्ष रविन्द्र पनुहर, थारु कल्याणकारणी सभाका जिल्ला अध्यक्ष रामप्रसाद चौधरी, जनता समाजवादी पार्टीका नेता शम्भु यादव, समाजसेवी गोविन्द पौडेल, सृजनशिल युवाक्लब पुर्व अध्यक्ष मोतिलाल चौधरी लगायतकाले सम्बोधन गरेका थिए।
कार्यक्रमको संचालन आयोजक क्लबका सचिव जीतेन्द्र चौधरीले गरेका थिए भने स्वागत मन्तव्य शर्मिला धामीले गरेकी थिईन