फत्तेपुरमा तामागढी सहकारीको शुभकामना आदानप्रदान

साझेदारी डेलि
28 पाठक संख्या

सिमरा । तामागढी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सिमरा सेवाकेन्द्रले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा बुधवार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ।

संस्थाको सेवाकेन्द्र अन्तरगत फत्तेपुर सदस्य सम्र्पक कार्यालया आयोजित उक्त कार्यक्रम सिमरा सेवा केन्द्रका संयोजक सन्तोष पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा संस्थाका संचालक सचिव रामकाजी खड्का, संचालक सदस्य राकुमारी चौधरी,मुख्य प्रबन्धक बासुदेव रिमाल, शिक्षा समितिका सदस्यद्धय नारायण रिमला,प्रजापति त्रिपाठीको समेत विशेष उपस्थिति रहेको थियो ।

सो अवसरमा सेवाकेन्द्र सदस्य, फत्तेपुर सदस्य सम्र्पक कार्यालय संचालन समिति, अन्य समितिका सदस्यहरुको समेत सहभागीता रहेको थियो । पर्वको अवसरमा आयोजित कार्यक्रममा सदस्यबीच आपसी सद्भाव र शुभकामना आदानप्रदान गरिएको संस्थाले जनाएको छ।

यसैक्रममा सेवाकेन्द्र उपसमितिको रिक्त पदमा सदस्यमा जयप्रकाश चौधरी चयन गर्ने निणर्य गरेको छ । संस्थाले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ।

यसैगरी, संस्थाको १८औँ वार्षिक साधारणसभामा चिठ्ठामार्फत कुकर उपहार प्राप्त गर्ने सदस्यद्वय नारायण प्रसाद रिमाल र सुरेन्द्र खालाई कार्यक्रममा कुकर हस्तान्तरण गरिएको थियो।

Leave a review