Sajhedari Daily
Latest News from Nepal

निशुल्क टियुसन कक्षाको वडा कार्यालयबाट अनुगमन

रञ्जन यादब/

जीतपुुरसिमरा उपमहानगरपालिकाको जेठो विद्यालय फकिरागिरी राजेश्वरगिरी माध्यमिक बिद्यालयले सञ्चालन गरेको निशुुल्क टियुुसन कक्षाको वडा कार्यालयले अनुुगमन गरेको छ ।

विद्यालयले कक्षा एक देखि पाँच कक्षा सम्म निशुल्क टियुुसन संचलन गर्दै आएको छ । उक्त टियुसनमा अध्ययनरत विद्यार्थीहरुको शिक्षाको गुुणस्तर मापन गर्ने उदेश्यले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामबाबुु गुुप्ताको नेतृत्वमा टोलीले मंगलवार अनुुगमन गरेको हो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका गुुप्ताले अवलोकन गर्दै सो क्रममा विद्यालयमा कक्षा ६ देखि १० सम्म निशुल्क टियुुसन कक्षा सञ्चालन गर्न माग आएको जानकारी गराएका छन ।

सो अवसरमा विद्यालयका प्रधानध्यापक राजुु कुुमार सिँहले विद्यालयमा चाडै नै १० वटा कम्प्युुटर सेट आउँन लागेको जानकारी दिएका छन । फकिरागिरी राजेश्वरगिरी माध्यमिक विद्यालयमा करिब ९ सय बिद्यार्थीहरु अध्ययनरत रहेका छन् ।