समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यासँग प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
296 पाठक संख्या

विश्रामपुरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अल्पसङ्ख्यासँग प्रहरी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।

बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर ३ का वडा कार्यालयको प्राङगणमा जिल्ला प्रहरी कार्यालय बाराको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्याक्रम अन्तर्गत अल्पसङ्ख्यासँग प्रहरी अन्तरक्रिया शुक्रबार एक कार्यक्रम बीच सम्पन्न भएको हो ।

अल्पसङ्ख्या समुदायका जेष्ठनागरिकको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि विश्रामपुर गाँउपालिका का अध्यक्ष जुल्फकार अलि रहनु भएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक महेन्द्र खड्काले नागरीकहरुलाई समुदायमा हुने बिभिन्न अपराधहरुको विषयमा संदेश मुलक प्रस्तुतिकरण दिनु भएका थिए ।

कार्यक्रममा वडा नम्बर ३,४ र ५ का वडा अध्यक्ष शिवचन्द्र प्रसाद यादव,किशोरी साह,अमिरीलाल प्रसाद गुप्ता,ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख एवम् प्रहरी निरीक्षक सुरेश राज भट्ट,बिओपी बरिनियाका प्रमुख प्रहरी सहायक निरीक्षक प्रकास अचार्य,स्थानीय जनप्रतिनिधि,समाजसेवी,भद्रभलादमी बृद्विजिवी र अल्पसङ्ख्यक समुदायको नागरीक गरी अन्दाजी २ सय २० जना मानिसहरु उपस्तिथि रहेको थियोे ।

Leave a review