बारा । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समितिको बैठक सोमबार जीतपुरसिमरा उपमहानगरपालिका–१६, पिलुवामा सम्पन्न भएको छ ।
पार्टीका जिल्ला इन्चार्ज क्षेत्र बहादुर श्रेष्ठ (अनिल) को अध्यक्षतामा पिलुवा स्थित ओम शान्ति बाटिकाको सभाहलमा वैठक सम्पन्न भएको हो ।
बैठकमा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले आफ्ना पालिकाका राजनीतिक र संगठनात्मक अवस्थाबारे संक्षिप्त रिपोर्ट प्रस्तुत गरेका थिए। साथै, जेनजी आन्दोलनपश्चातको राजनीतिक परिस्थितिबारे पनि समीक्षा गरिएको थियो।बैठकले जनयुद्ध, जनआन्दोलन, विभिन्न आन्दोलनहरू र जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूप्रति एक मिनेट मौन श्रद्धाञ्जली अर्पण गरिएको जिल्ला ईन्चार्ज श्रेष्ठले जानकारी दिए ।
बैठकमा पार्टी केन्द्रबाट प्राप्त सर्कुलर पढेर सुनाउने कार्य गरिएको थियो । साथै यही कात्तिक १५ गतेभित्र सबै पालिका समितिका बैठकहरू सम्पन्न गर्ने, मंसिरमा हुन गइरहेको विशेष महाधिवेशनको तयारीमा जुट्ने र फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली अद्यावधिक गर्न सहयोग गर्ने निर्णय गरेको छ।
यस्तै, दिपावली, नेपाल संवत् ११४६ र छठ पर्वको अवसरमा पालिका तहमा शुभकामना आदान–प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकमा महाधिवेशन आयोजक समितिका सदस्यहरू गीता कडेल, सोनालाल साह, राजन पौडेल, भरत साह, केन्द्रीय सल्लाहकार समिति सदस्य उद्दव पोख्रेल, प्रदेश समिति सदस्यहरू हरि चौलागाईं, देवेन्द्र पराजुली, तपेश्वर चौधरी, रबि राज दंगाल र प्रभु यादवको उपस्थिति रहेको थियो।
त्यस्तै, केन्द्रीय युवा तथा खेलकुद विभागका सदस्य . युवराज लामासहित जिल्लाका सबै पालिका समितिका पदाधिकारी, जबस मोर्चाका केन्द्रीय सदस्य, प्रदेशस्तरीय पदाधिकारी तथा जिल्ला संयोजक र अध्यक्षहरूको समेत सहभागिता रहेको थियो।


