Sajhedari Daily
Latest News from Nepal

लागुऔषध विनसिरेक्स र नाईट्रोभेट ट्याव्लेट सहित दुई पक्राउ

पर्सा प्रहरीले लागुऔषध विनसिरेक्स र नाईट्रोभेट ट्याव्लेट सहित दुई जनालाई पक्रउ गरेको छ । प्रहरीले लागुऔषध सहित दोलखा झुले गाउँपालिका २ घर भई हाल चितवन टाँडी नगरपालिका २ बस्ने २० बर्षका सुरज कार्की र मकवानपुर हटौडा उपमहानगरपालिका ३ बस्ने ३५ बर्षका बिकाश लामालाई पक्राउ गरेको हो ।

कार्कीलाई बीरगञ्ज महानगरपालिका २१ परवानीपुर चोक स्थितमा बीरगञ्जबाट जाँदै गरेको बसबाट लागू औषध सहित प्रहरीले पक्राउ गरेको हो । बसमा नशालु सेवन गरेर लठ परेका उनको साथबाट लागू औषध नाइट्रोभेट ७५ पिस बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता ओम प्रकाश खनालले जानकारी दिए ।

यस्तै लामालाई भारतबाट नेपालतर्फ आउदै गरेको अवस्थामा वीरगन्ज महानगरपालिका वडा नम्बर १६ बाट प्रहरीले पक्राउ गरेको हो । ना ४४ प २६५७ नम्बरको स्कुटीमा सवार भएर आएका उनको साथबाट लागु औषध विनसिरेक्स १०० एमएल को २ सय ४५ बोतल र नाईट्रोभेट ७५ ट्याब्लेट बरामद गरिएको प्रहरीले जनाएको छ ।

लागू औषध सहित पक्राउ परेका लामा र कार्कीलाई लागू औषध विरुद्धमा मुद्दामा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments are closed.

error: Content is protected !!