प्रसौनीमा विद्यालय भवनको उद्घाटन

राजेश कुशवाहा
267 पाठक संख्या

कलैया । बाराको प्रसानी गाउँपालिका वडा नम्बर ७ बलुवाटोल स्थित श्री शोभा रामचन्द्र आधारभुत विद्यालयको नवनिर्मित ६ कोठे विद्यालय भवनको शुक्रबार उदघाटन गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष बिनोद प्रसाद जयसवालले एक कार्यक्रमका बीच उक्त विद्यालय भवनको उद्घाटन गरेका हुन ।

सो अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष जयसवालले विद्यालय भवन निर्माणसंगै विद्यार्थीहरुका लागी अध्ययन गर्न सहज हुने बताएका छन ।

भवन उद्घाटन समारोहमा गाउँपालिकाकी उपाध्यक्ष किरण देवी, प्रमुख प्रशासकीय अधिकृत जयचन्द्र साह,लेखा प्रमुख प्रेमबाबु प्रसाद पटेल, विद्यालयका प्रधानाध्यापक अनोज यादव, प्रसौनी गाउँपालिकाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, विद्यालयका शिक्षकहरु,विद्यार्थीहरु तथा स्थानीय भद्रभलादमीको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds