Sajhedari Daily
Latest News from Nepal

पर्सामा एक्लै बस्दै आएकी महिलामाथी चक्कु प्रहार

एक्लै बस्दै आएकी पर्साको पर्सागढी नगरपालिकाकी एक महिलामाथि आईतबार बिहान छुरा प्रहार भएको छ ।
नगरपालिकाको वडा नम्बर ३ पकडिया बडनिहार टोलकी ४० बर्षिय महिला लक्ष्मिनिया देबी चौधरीमाथि छुरा प्रहार भएको हो । चौधरीको हात, छाती लगायत शरीरका भागमा छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ ।

आईतवार बिहान आफनै घरबाहिर घाईते अवस्थामा लडिरहेको अवस्थामा फेला परेकी चौधरीको उपचारको लागि प्रहरीले वीरगञ्ज स्थित न्युरो अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले बताएका छन ।

एकलै घरमा बसिरहेको बेलामा बिहान महिलामाथि किन छुरा प्रहार भयो भन्ने बिषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता खनालले बताए । घाईते भएकी महिलाको अवस्था अहिले भने हाल समान्य रहेको तथा उनीसंग सोधपुछ गरेर घटनाको बारेमा थप जानकारी लिईने र अनुसन्धान गर्ने खनालले जानकारी दिएका छन ।