प्रधानाध्यापकसहित सम्पूर्ण शिक्षक कर्मचारीलाई काठमाण्डौं केन्द्रित सशक्त आन्दोलनमा उपस्थित हुन आग्रह

श्यामबाबु यादव
1.3k पाठक संख्या

कलैया । जिल्ला आन्दोलन परिचालन समिति,बाराले जिल्ला भरीका विद्यालयका प्रधान अध्यापक सहित सम्पूर्ण शिक्षक कर्मचारीलाई काठमाण्डौं केन्द्रित आन्दोलनमा सहभागि हुन भनेको छ।

समितिले सोमबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै यस्तो भनेको हो।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेमा नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,एकीकृत अखिल नेपाल शिक्षक संगठन बाराका अध्यक्ष रोशन यादव,नेपाल राष्ट्रिय शिक्षक संगठन,बाराका अध्यक्ष बद्रि नारायण झा,संघीय शिक्षक फोरम,बाराका अध्यक्ष पारस जैसवाल, विद्यालय कर्मचारी युनियन,बाराका अध्यक्ष देवकुमार साह रहेका हुन्।

विज्ञप्तिमा नेपाल शिक्षक महासंघ द्वारा जारी काठमाण्डौ केन्द्रित सडक आन्दोलनमा सहभागी भएका सम्पूर्ण शिक्षक कर्मचारीलाई संयुक्त विज्ञप्ति मार्फत धन्यवाद व्यक्त गरिएको छ। ।

आन्दोलनमा समर्थन गर्ने विभिन्न राजनीतिक दल,पालिका प्रमुख, अभिभावक वर्ग,नागरिक समाज,पत्रकार तथा विधार्थीहरूलाइ आभार प्रकट गर्दै हार्दिक धन्यवाद सो विज्ञप्तिमा व्यक्त गरिएको छ।

नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिद्वारा जारी आन्दोनको १३ औ दिनसम्म आइपुग्दासम्म पनि सरकार समस्या समाधानमा गम्भीर नदेखिएको सो विज्ञप्तिमा लेखिएको छ।

आन्दोलनलाई थप सशक्त बनाई सरकारलाई माग पुरा गर्न वाध्य पार्ने यो महत्वपूर्ण समय रहेको विज्ञप्तिमा लेखिएको छ।

बारा जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकहरु आ–आफ्नो विद्यालयमा बाकि रहेका शिक्षक कर्मचारी साथीहरुलाई लिएर अनिवार्य काठमाडौं उपस्थित हुनका निम्ति विज्ञप्तिमा अनुरोध गरिएको छ।

भोलि माग पुरा भएको खण्डमा त्यसको हिस्सेदार सम्पूर्ण शिक्षक कर्मचारी हुने भएकोले आम शैक्षिक हड्ताल भनेर आर्थिक, नैतिक, र भौतिक रूपमा सहभागी नभई घरमा बस्नु हुने साथीहरुले “ मेरो आन्दोलन मेरो सहभागिता“ भन्ने मूल मर्मलाई आत्मसाथ गर्न विज्ञप्तिमा भनिएको छ।

वैशाख २ गते देखि आन्दोलनमा सहभागि भई हाजिरी गर्न का साथै आम शैक्षिक हडताललाई प्रभावकारी बनाउनका निम्ति विद्यार्थी भर्ना अभियान र क्भ्भ् को कापि परीक्षण तथा कक्षा १२ को परीक्षा लगायत स्थानीय,प्रदेश र केन्द्रले आयोजना गरेको कार्यक्रममा सहभागि नहुनका लागि विज्ञप्तिमा अपिल समेत गरिएको छ।

शिक्षक तथा विद्यालय कर्मचारीहरु शिक्षा ऐन लगायतको विषयमा माग राखि आन्दोलनरत रहेका हुन्।

Leave a review