Sajhedari Daily
Latest News from Nepal

प्रसौनी गाउँपालिकाको आठौ गाउँसभा सम्पन्न, कर्मचारीको अभाव र सरुवाले विकासको काममा अवरोधः अध्यक्ष गुप्ता

बाराको प्रसौनी गाउँपालिकाको आठौ गाउँसभा तथा आर्थिक बर्ष २०७७/०७८ को दोश्रो गाउँ सभा सोमवार सम्पन्न भएको छ ।
गाउँपालिकाको सभाहलमा आयोजित उक्त गाउँसभाको गाउँपालिका अध्यक्ष भोला गुप्ता तथा उपाध्यक्ष गिता साहले संयुक्त रुपमा उदघाटन गरेका थिए । उक्त गाउँसभामा बोल्दै गाउँपालिका अध्यक्ष गुप्ताले कोरोनाले देशभरि नै तहसनहस गरेको अवस्था अवगत नै रहेको बताउदै पनि कर्मचारीको अभाव र सरुवाको समस्याले पनि विकासको काममा अवरोध सृजना भएको बताएका छन् ।

कोरोनाको कहरले जुन गतिमा विकास हुनुपर्ने हो त्यस अनुरुप हुन नसकेको अध्यक्ष गुप्ताले बताए । उनले कोरोना कहरमा पनि हामी जनप्रतिनिधि जनताको नोकर झै हरपल समाजको साथमा खटिरहेको सुनाए । जनतामा राहतको साथ साथै उपचार खर्च आर्थिक सहयोग निरन्तर गाउँपालिकाबाट गर्दै आएको अध्यक्ष गुप्ताले जानकारी दिए । चालु आर्थिक वर्षको ७० प्रतिशत भन्दा बढि काम भईसकेको उनले बताए ।

मधेश आन्दोलनमा शहादत पाएकाहरुको समझनामा कोषको स्थापना गरि आर्थिक सहयोग गाउपालिकाले गरेको छ । गाउँपालिकाका दुई सहिद दिनानाथ साह र जयप्रकाश तेलिको परिवारलाई प्रती परिवार नगद २५ हजार दिई सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धनेन्द्र भुजेल,वडा अध्यक्षहरु लालबाबु मुखिया, सुरेश गुप्ता, बैधनाथ गुप्ता, आनन्द गुप्ता, सनैत साह, राममणी गुप्ता, कार्यपालिका सदस्य चन्द्रीका गुप्ता, लेखाप्रमुख प्रेम बाबू प्रसाद, जिन्सी शाखा प्रमुख लक्ष्मी साह कलवार लगायतकाको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन स्वास्थ्य प्रमुख सुरेश गुप्ताले गरेका थिए भने स्वागत मन्तव्य वडाध्यक्ष आन्नद कुमार गुप्ताले गरेका थिए ।

Comments are closed.